
गायिका मेलिना राइको स्वरमा समावेश ‘तिमी बिना’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यो गीतमा रोविन टोटोको शब्द, तारा लक्सम लिम्बुको संगीत छ ।
जीवन स्वारले निर्देशन गरेको गीतको भिडियोमा विश्वजित रिमाल र अश्मिता ढकालको अभिनय छ । मार्मिन मौसम, विवेक पराजुली र संगीता पराजुली पनि यो भिडियोमा देखिएका छन् ।
आन्ग्छेँन लामाको छायांकन रहेको भिडियोमा भुपेन्द्र अधिकारीको सम्पादन छ । भिडियोका निर्माता ज्योती लोहार टोटो हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4