Comments Add Comment

विराटनगरमा घरमै होल्ड हुन थाल्यो अक्सिजन सिलिन्डर

१४ वैशाख, विराटनगर । कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि प्रदेश १ मा अक्सिजनको खपत बढेको छ । सङ्क्रमित भएकाहरूमा श्‍वासप्रश्वासको समस्या बढ्न थालेसँगै अस्पताल र घरमा समेत अक्सिजनको माग बढेको छ ।

होम आइसोलेसनमा बसेका कतिपयले घरमै अक्सिजन राखेका छन् । कोशी अस्पताल कोशी अस्पताल विराटनगरका सुपरिटेन्डेन्ट चुमनलाल दासले खपत बढेकाले विक्रेतालाई आपूर्ति नियमित गर्न लगाइएको बताए । बिक्रेताले अक्सिजन पर्याप्त रहेको तर सिलिन्डर अभाव हुन सक्ने बताएका छन् । कतिपय बिरामीले घरमै लगेको त्यसरी लगिएको सिलिन्डर तुरुन्तै फिर्ता नआएको बिक्रेताहरुले बताएका छन् ।

विनायक अक्सिजन उद्योगका सञ्चालक अमित सारडाले महामारी सुरुवाती अवस्थामा सिलिण्डर होल्ड हुन थालेको बताए । सिलिण्डर पर्याप्त भए उद्योगले जति पनि उत्पादन गरेर पठाउन सक्ने बताए ।

भारतमा समेत अक्सिजन अभाव भएको समाचारहरु आएपछि विराटनगरमा कतिपयले अक्सिजन सिलिन्डर किनेर घरमा राखेका बिक्रेताहरु बताउँछन् ।

अहिले भने बिक्रेताले अक्सिजन सिलिन्डर किन्न पीसीआर रिपोर्ट माग्न थालेका छन् । ‘लगिएका सिलिण्डर होल्ड हुने र ढिलो आउन थालेपछि पीसीआर रिपोर्ट मागेर मात्र सिलिण्डर दिन्छौं,’ हिमाल अक्सिजनको विक्रेता भाजुरत्न इन्जिनियरिङ एण्ड सेल्सका म्यानेजर केदार श्रेष्ठले भने ।

सङ्क्रमण बढिरहेको अवस्थामा अक्सिजन खोज्दै अस्पताल र डिलरहरुमा पुग्नेको सङ्ख्या पनि बढ्दो छ । ‘आवश्यकता परेको अवस्थामा मात्रै लैजानुपर्छ, घर लगेर धेरै समय होल्ड गर्न हुँदैन,’ श्रेष्ठले भने ।

सुनसरी र मोरङमा चार वटा उद्योगले अक्सिजन उत्पादन गरिरहेका छन् । ती उद्योगमा करिब ६ हजार अक्सिजन सिलिण्डर छन् ।

अक्सिजन प्लान्टका लागि भवन तयार, मेसिन आउँदै

कोशी अस्पताल विराटनगरले अक्सिजन प्लान्ट राख्नका लागि संरचना तयार गरिसकेको छ । तर मेसिन नआउँदा अक्सिजन उत्पादन प्रक्रिया अघि बढ्न सकेको छैन ।

कोशी अस्पतालमा अमेरिका नेपाल मेडिकल फाउन्डेसनले अक्सिजन प्लान्ट राखिदिनेछ । दाताले वैशाख अन्तिमसम्म प्लान्ट विराटनगर ल्याउने आश्वासन दिएको मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बताए ।

‘वैशाख अन्तिमसम्म आयो भने चाँडै उत्पादन गर्न सकिन्छ,’ डा. दास भन्छन्,‘ फाउन्डेसनले हामीले जतिसक्दो चाँडै पठाउने वचन दिएको छ ।’ दैनिक एकसय सिलिण्डर उत्पादन गर्ने अक्सिजन प्लान्ट राख्न लागिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment