Comments Add Comment

अष्ट्रेलियाले सैन्य स्तरोन्नतिको लागि ५८ करोड डलर खर्चिंने

१५ वैशाख, काठमाडौं । अष्ट्रेलियाले सैन्य स्तरोन्नतिको लागि ५८ करोड डलर खर्चिने भएको छ । अष्टे«लियाका प्रधानमन्त्री स्टक मौरिसनले बुधबार उत्तरी सैन्य बेसको स्तरोन्नति तथा अमेरिकासँगको युद्धकला अभ्यासको लागि उक्त रकम छुट्याइएको बताएका छन् ।

पछिल्लो समय चीनसँग अष्ट्रेलियाको कूटनीतिक तथा व्यापारिक सम्बन्ध तनावपूर्ण रहेको अवस्थामा अष्ट्रेलियाले सैन्य स्तरोन्नतिको घोषणा गरेको हो । उत्तरी क्षेत्रमा रहेको सैन्य सम्पत्ति विस्तार गर्नाले एसिया–प्यासिफिक क्षेत्रमा उत्पन्न हुन सक्ने कुनै पनि समस्याको जवाफ दिन सकिने अष्ट्रेलियाले बताएको छ । प्रधानमन्त्री मौरिसनले आफूहरुको उद्देश्य खुला र स्वतन्त्र इन्डो–प्यासिफिक क्षेत्रको रक्षा गर्नु रहेको बताए ।

अष्ट्रेलियाले अहिले गरेको घोषणाअनुसार स्तरोन्नतिको काम यसै वर्षदेखि शुरु हुनेछ भने सन् २०२६ मा सकिनेछ । गत वर्ष अष्ट्रेलियाका प्रधानमन्त्री मौरिसनले एसिया–प्यासिफिक क्षेत्रले ठूलो आर्थिक तथा रणनीतिक अनिश्चितताको सामना गरिरहकाले त्यसबाट बच्न आर्थिक कोष आवश्यक रहेको बताएका थिए ।

एजेन्सीहरुको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment