+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

गण्डकीमा एमाले नेतृत्वको सरकारको छिनोफानो आजै

अमृत सुवेदी अमृत सुवेदी
२०७८ वैशाख १५ गते १४:२४

१५ वैशाख, पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार रहने वा नरहने छिनोफानो बुधबार नै हुने भएको छ ।

वैशाख २ गते गण्डकी प्रदेशसभा सचिवालयमा दर्ता भएर १३ गते सदनमा पेश भएको अविश्वासको प्रस्ताव बुधबार नै निर्णायार्थ पेश गर्ने कार्यसूची छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका २५ जना सांसदले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन् । १३ गते विपक्षी दलका तर्फबाट मुख्यमन्त्रीका प्रस्तावक कृष्णचन्द्र नेपालीले अविश्वासको प्रस्ताव पेश गरेपछि बुधबार दिउँसो प्रदेशसभामा सो विषयमा छलफल चलिरहेको छ ।

विशेष अधिवेशनको पहिलो बैठकमा कोरोना माहामारीमा सांसदको पिसिआर परीक्षण नगरिएको भन्दै ध्यानाकर्षण गराएको सत्तारुढ दल एमालेले मंगलबार यही विषयमा बैठक अवरुद्ध नै गरेको थियो ।

सांसदको कोरोना परीक्षण रिपोर्टपछि मात्रै बैठक गर्ने गरी स्वाब परीक्षण गरिएको थियो । परीक्षणमा एमालेका सांसद राजीव पहारी, प्रभा कोइराला र कांग्रेस सांसद मनकुमारी गुरुङलाई कोरोना पोजेटिभ देखिएको छ । कोरोना पोजेटिभ देखिए पनि सांसदलाई बोल्ने समय दिइने छैन भने मतदानमा सहभागी भने हुने छन् ।

अविश्वासको प्रस्तावको छलफलका क्रममा सांसदले उठाएको प्रश्नको मुख्यमन्त्री गुरुङले जवाफ दिएपछि निर्णयार्थ पेश गर्ने कार्यसूची छ । कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर अविश्वासको प्रस्ताव दर्ता गर्न लागेको थाहा पाउनेवित्तिकै वैशाख १ गते मध्यरातमा मुख्यमन्त्री गुरुङले प्रदेशसभाको अधिवेशन नै अन्त्य गराएका थिए ।

अविश्वासको प्रस्ताव दर्ता गराएलगत्तै प्रदेश प्रमुखको कार्यालयमा दलहरुले विशेष अधिवशेनको माग गर्दै निवेदन दिएका थिए ।

मुख्यमन्त्रीको सिफारिसलाई मध्यरातमै सदर गरिदिएका प्रदेश प्रमुख अमिक शेरचनले विपक्षीको मागमा पनि १५ दिनभित्र विशेष अधिवेशन बोलाउने संसदीय अभ्यासअनुसारै १३ गतेका लागि बोलाएका थिए । विपक्षी दलले वैशाख १३ गते नै छिनोफानो गर्ने सोच बनाएको भए पनि सत्तारुढ दलले लम्ब्याउन प्रस्ताव गरेको थियो ।

अविश्वासको प्रस्तावलाई तलमाथि हुन नदिन कांग्रेस, माओवादी र जसपाका सांसदलाई रिसोर्टमा राखिएको छ ।

अविश्वासको प्रस्ताव दर्ता गराएका कांग्रेसका १५ र माओवादी केन्द्रका १२ सांसदमध्ये एक जना सभामुख भएकाले ११ जनाले मत हाल्ने छन् । जनता समाजवादीका २ र जनमोर्चाका ३ सांसदले पनि अविश्वासको प्रस्तावमा मतदान गर्ने बताइरहेका छन् ।

सत्तारुढ नेकपा एमालेका २७ सांसद छन् भने मनाङबाट निर्वाचित दीपक मनाङ्गे स्वतन्त्र सांसद छन् ।

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?