
१५ वैशाख, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी वैठक कलंकीको एक पार्टी प्यालेसमा बसिरहेको छ ।
भूगोल र जनसंगठनमा समानान्तर कमिटी बनाइरहेको यो समूहले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न बैठक गरेको जनाएको छ । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले २३ फागुनको सर्वोच्च अदालतको फैसलाअनुसार विपरीत निर्णय लिएको भन्दै यो समूहले समानान्तर संगठन बनाइरहेको छ ।
अध्यक्ष ओलीले भने समानान्तर संगठन बनाएको भन्दै नेता नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिना निष्कासन गरिएको पत्र थमाएको छ ।
ओलीले फेरि २७ सांसदलाई सांसद पदबाट किन निष्कासन नगर्ने भनी स्पष्टीकरण सोधेका छन् । स्पष्टीकरण सोध्ने निर्णय खारेजीको माग गर्दै नेपाल समूहले सर्वोच्चमा रिट समेत दायर गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4