Comments Add Comment

निरन्तर घट्दै सेयर कारोबार रकम, पर्ख र हेरको अवस्थामा लगानीकर्ता

फाइल तस्वीर

१५ वैशाख, काठमाडौं । सेयर कारोबार रकम यस साता निरन्तर घटेको छ । साताको पहिलो दुई दिन सेयर कारोबार मापक नेप्से परिसूचक घटेको थियो । त्यसपछि मंगलबार बजार उच्च अंकले बढ्यो भने आज बुधबार बजार घटेको छ । बजारमा निकै ठूलो अंकको घटबढ भइरहे पनि सेयर कारोबार रकम भने निरन्तर घटेको हो ।

आइतबार सेयर कारोबार रकम ७ अर्ब माथि भएकोमा बुधबारसम्म आइपुग्दा ४ अर्ब रुपैयाँ पनि पुगेन । सोमबार ६ अर्ब ५९ करोड रुपैयाँको सेयर कारोबार भएको थियो भने मंगलबार घटेर ५ अर्ब रकम माथि पुग्यो ।

कारोबार रकम घट्ने क्रम चौथो दिन पनि जारी रह्यो । बुधबार ३ अर्ब ९९ करोड रुपैयाँको मात्रै सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जानकारी दिएको छ ।

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

मंगलबार उच्च अंकले बढेको नेप्से परिसूचक बुधबार भने कायम रहन सकेन । बुधबार नेप्से परिसूचक १३ दशमलव ७९ अंकले घटेर २ हजार ५ सय ८५ दशमलव २८ अंकमा झरेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव १६ अंकले घटेको छ । केही दिन यता लगातार बढिरहेका दुई कम्पनीहरु महिला लघुवित्त वित्तीय संस्था र विशाल बजार कम्पनीको सेयर मूल्य बुधबार पनि उच्च अंकले बढेको छ ।

महिला लघुवित्तको आईपीओ सूचीकृत भएसँगै शुरु भएको बढ्ने क्रम अझै जारी छ । बुधबार महिला लघुवित्तको सेयर मूल्य ९ दशमलव ९९ प्रतिशतले बढेर प्रतिकित्ता २ हजार ८ सय ४१ रुपैयाँ पुगेको छ । विशाल बजारको पनि ९ दशमलव ९९ प्रतिशतले नै बढेर प्रतिकित्ता ४ हजार ६ सय ३६ रुपैयाँ पुगेको छ ।

यी हुन् आज धेरै कमाउने र गुमाउने कम्पनीहरुः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment