
१५ वैशाख, पोखरा । राष्ट्रिय जनमोर्चाले आफ्ना प्रदेशसभा सदस्य खिमबिक्रम शाहीको अवस्था अज्ञात रहेको भन्दै बुधबारको गण्डकी प्रदेशसभाको बैठक रोक्न माग गरेको छ ।
संसदीय दलकी सचेतक पियारी थापाले सभामुखलाई पत्र लेखी सांसद शाहीको अवस्था सार्वजनिक गर्न, उनको जीवन रक्षा उनी नभेटिएसम्म संसदको कारबाही रोक्न माग गरेकी हुन् ।
सांसद थापाले मंगलबार संसदीय दलकाे बैठक बसेर अविश्वासकाे प्रस्तावका पक्षमा एक भएर जाने छलफल भएकाे तर शाही बुधबार एक्कासी सम्पर्कविहीन भएको बताए । ‘हिजाे एक भएर जाने निर्णय भएकाे थियाे, आज के भएर आउनु भएन, कतै बिरामी पाे हुनुभयाे कि खाेज्नुपर्यो’ उनले भनिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4