+
+
Shares

रातो मत्स्येन्द्रनाथको मूर्तिलाई स्नान गराइयो

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७८ वैशाख १५ गते १९:३६

१० असार, काठमाडौं । ललितपुरमा बुधबार रातो मछिन्द्रनाथकाे मूर्तिलाई स्नान गराइएको छ ।

लगनखेलमा मछिन्द्रनाथको मूर्ति राखिएको ठाउँबाट बाहिर निकाली स्नान गराइएको छ । हरेक वर्ष मछिन्द्रनाथको रथयात्राअघि मूर्तिलाई स्नान गराउने प्रचलन छ ।

मछिन्द्रनाथलाई स्नान गराएका बेला जीवित देवी कुमारीलाई पनि सहभागी गराइएको छ ।

मछिन्द्रनाथलाई स्नान गराउने दिन सयाैं मानिस सहभागी भएका छन् । कोरोना महामारीका कारण सरकारले धेरै भीड नगर्न भने पनि जात्रामा धेरै मानिस सहभागी भए ।

जात्रामा सहभागी धेरैले मास्क प्रयोग गरे पनि कतिपय विना मास्क नै सहभागी भएका थिए । रातो मछिन्द्रनाथको मूर्तिलाई स्नान गराएपछि रथ निर्माण शुरु गरिन्छ ।

हेर्नुहोस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?