+
+
Shares

पूर्व प्रधानन्यायाधीश पराजुलीको पुस्तक ‘संयोगका पानाहरु’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १५ गते १९:४८

१५ वैशाख, काठमाडौँ । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीले आफ्नो अनुभव र जीवन भोगाइलाई समेटेर पुस्तक ‘संयोगका पानाहरु’ सार्वजनिक गरेका छन् ।

पूर्व प्रधानन्यायाधीश एवं मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले विमोचन गर्नुभएको पुस्तकमा पूर्व प्रधानन्यायाधीशले सर्वोच्च अदालतमा आफूले बिताएको समयको प्रसंगहरु समेटेका छन् ।

संयोगका पानाहरु नामक पुस्तकमा धेरै प्रसंग नेपालको अदालत, अदालत प्रशासन र न्याय सम्पादनमा आफूले भोगेका विषयलाई शब्दमा व्यक्त गरेका छन् । करीब २७ वर्ष न्यायपालिकामा विताएका लेखक पराजुलीको प्रधानन्यायाधीश बनेपछिको बहिर्गमन भने सुखद रहेन ।

दोहोरो जन्ममितिको विवादले बाहिरिनु पर्‍यो। पुस्तकमा न्यायालयभित्रको बेथिति र विसंगतिलाई स्पष्ट रुपमा व्याख्या गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?