Comments Add Comment

जब कंगनाले आफ्नो तुलना साहरुखसँग गरिन्…

बलिउड नायिका कंगना रनावत सामाजिक संजालमा विवादस्पद पोष्ट गर्न अगाडि छन् । उनी, कुनै पनि बिषयमा आफ्नो भनाई राख्छिन् र विवादमा पर्छिन् । बलिउडका उनका अधिकांश कलाकारसँग शितयुद्ध नै छ । तर, पनि यसले कंगनालाई फरक पारेको छैन । उनी, आफ्नो कुरा निर्धक्क सामाजिक संजालमा पोष्ट गर्ने गर्छिन् । उनै, कंगनाले बलिउडमा पाइला राखेको १५ बर्ष भयो ।

उनले अभिनय गरेको चलचित्र ‘ग्याङस्टार’ रिलिज भएको १५ बर्ष भयो । उनले, पहिलो चलचित्र रिलिज भएको १५ बर्ष पुगेको अवसरमा एउटा पोष्ट गरिन् र आफ्नो तुलना बलिउडका नायक साहरुख खानसँग गरिन् ।

कंगनाले लेखिन्–‘१५ बर्ष अगाडि आजैको दिन ‘ग्याङस्टार’ रिलिज भएको थियो । साहरुख खानजी र मेरो अहिलेसम्मकै सबैभन्दा ठूलो सफलताको कहानी छ । तर, साहरुख खान दिल्लीबाट बलिउडमा आएका हुन् । उनी पढेलेखेका मानिस थिए र उनका माता–पिता पनि चलचित्र क्षेत्रसँग जोडिएका थिए । तर, मलाई अंग्रेजीको एक शब्द पनि आउँदैनथ्यो । मैले अध्ययन गरेकी थिइनँ । हिमाञ्चल प्रदेशको गाउँबाट म आएकी थिएँ ।’

कंगनाले आफू र साहरुख खानले बलिउडमा आएर सबैभन्दा ठूलो सफलता पाएको उल्लेख गरेपछि उनको सामाजिक संजालमा अत्याधिक ट्रोल भैरहेको छ । साहरुखसँग आफ्नो तुलना गरेकी कंगनालाई मानिसहरुले आलोचना गरिरहेका छन् । कतिपयले भने साहरुखका माता–पिता चलचित्र क्षेत्रसँग कसरी जोडिएका थिए भनेर प्रश्न पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment