+
+

निषेधाज्ञा अवधिमा पनि उपत्यकाका पेट्रोल पम्प खुला रहने

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १६ गते १४:०५
फाइल तस्वीर

१५ वैशाख, काठमाडौं । बिहीबारबाट सुरु निषेधाज्ञामा पनि उपत्यकाका पेट्रोल पम्प खुला रहने भएको छ । निषेधाज्ञाको बेला सञ्चालनमा आउने अत्यावश्यक ढुवानीलाई इन्धन वितरण सहज बनाउन पेट्रोलियम पदार्थको बिक्री वितरण जारी राख्ने निर्णय भएको नेपाल आयल निगमले जनाएको छ ।

उपत्यकामा पेट्रोलियम पदार्थको बिक्री नियमित गर्न बागमती प्रादेशिक डिपो थानकोटलाई निर्देशन दिएको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए । ‘निषेधाज्ञाको समयमा पनि पम्पहरु सञ्चालनमा आउने छन्, अत्यावश्यक सेवाका सवारीले इन्धन अभाव झेल्नुपर्ने छैन,’ पौडेलले अनलाइनखबरसँग भने । साथै देशैभर केहीदिनदेखि पेट्रोलियम पदार्थको खपत र मौज्दात बढेको भन्दै उनले इन्धनको आपूर्तिमा कुनै समस्या नरहेको र इन्धन पाइँदैन कि भन्ने चिन्तामा नपर्न उपभोक्तालाई आग्रह समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?