
१६ वैशाख, सुर्खेत । निषेधाज्ञाका बेला अनावश्यक हिँडडुल गर्ने सुर्खेतमा १ हजार ७८ जना कारबाहीमा परेका छन् ।
बुधबारदेखि लागू निषेधाज्ञाको उल्लंघन गर्दै बिना काम सडकमा निस्किएको आरोपमा १ हजार ७८ जनालाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवंम् डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।
डीएसपी घर्तीका अनुसार बुधबारदेखि बिहिबार दिउँसोसम्म निषेधज्ञा अवज्ञा गरि हिडडुल गर्ने १०७८ जनालाई होल्ड गरी सम्झाई बुझाई छोडिएको छ । त्यस्तै १९ वटा सवारी साधन पनि नियनत्रणमा लिएको छ ।
मास्क नलगाई हिड्ने ६४५ जनालाई मास्क बितरण गरी सम्झाई बुझाई गरी पठाइएको प्रहरीले जनाएको छ ।
प्रदेश राजधानी वीरेन्द्रनगर उपत्यकामा चेकजाँचमा विशेष कडाइ गरिएको डीएसपी घर्तीले बताए । ‘मास्क नलगाएर विना काम हिँडेकाहरुलाई होल्ड गराउँछौं, मास्क दिन्छौं, अनि सम्झाइ बुझाइ गरेर पठाउँने गरेका छौं,’ डीएसपी घर्तीले बताए ।
निषेधाज्ञाको कार्यान्वयनका लागि नेपाल प्रहरी, ट्राफिक प्रहरी र सशस्त्र प्रहरी बलको टोली वीरेन्द्रनगर उपत्यकाको चोक चोकमा खटिएको छ ।
सुर्खेतमा बुधबारदेखि एक साताका लागी निषेधाज्ञा जारी गरिएको छ ।
प्रतिक्रिया 4