+
+
Shares

आफ्ना नागरिकलाई तत्काल भारत छाड्न अमेरिकाको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १६ गते १५:५४

१६ वैशाख, काठमाडौं । अमेरिकाले आफ्ना नागरिकहरुलाई सकेसम्म छिटो भारत छाड्न आग्रह दिएको छ । भारतमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण निकै तीव्र गतिमा फैलिरहेको भन्दै अमेरिकाले आग्रह दिएको हो ।

अमेरिकाको विदेश मन्त्रालयले एडभाइजरी जारी गरेर भारतमा कोरोना संक्रमण निकै गहिरिएको र यहाँको मेडिकल सेवा पर्याप्त नहुन सक्ने बताएको छ ।

स्वास्थ्य सतर्कता जारी गर्दै मन्त्रालयले भारतमा नयाँ संक्रमित र मृत्यु हुनेको संख्या निरन्तर बढिरहेको उल्लेख गरेको छ । अस्पतालमा मेडिकल अपूर्ति पर्याप्त नभएको र बिरामीको लागि अब अस्पतालमा कुनै बेड खाली नरहेको अमेरिकाले बताएको छ ।

महामारीको कारण भारतको स्वास्थ्य सेवा ध्वस्त भएको अमेरिकाको बुझाइ छ । उक्र एडभाइजरीमा भारतबाट प्रत्यक्ष उडानबाट अमेरिका आउन नागरिकहरुलाई आग्रह गरिएको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?