Comments Add Comment

सुनसरीमा घरबाहिर निस्कन प्रतिबन्ध, सवारी साधनमा जोरविजोर

१६ वैशाख, काठमाडौं । सुनसरीमा सर्वसाधारणलाई अत्यावश्यक काम नगरी घरबाहिर निस्कन प्रतिबन्ध लगाइएको छ । त्यस्तै औषधी र स्वास्थ्य सामग्रीकाबाहेक अरु पसल विहान ६ देखि ११ बजेसम्म मात्र खोल्न पाइने नियम बनाइएको छ ।

बिहीबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले घरबाहिर निस्कन नपाइने गरी निषेधाज्ञाको आदेश जारी गर्ने निर्णय गरेको हो ।

त्यस्तै एकै स्थानमा भेला भई सभा सम्मेलन गर्न, हाट, मेला, जात्रा महोत्सव, भोज गर्न पनि रोक लगाइएको छ । १० वर्षभन्दा मुनि तथा ६० वर्षभन्दा माथि उमेरका व्यक्तिलाई कुनै पनि काममा घरबाहिर आवतजावत गर्न नदिने निषेधाज्ञामा उल्लेख छ ।

होटल तथा रेस्टुरेन्ट विहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन हुनेछ । त्यसपछि भने टेक अवे सेवा मात्र दिन पाइनेछ ।

सुनसरीको अन्तर्राष्ट्रिय प्रवेश विन्दुमध्ये भन्टाबारी नाकाबाट विदेशी नागरिक प्रवेशलाई पूर्ण रुपले नियन्त्रण गर्ने र अन्य नाकाहरुमा आवतजावत गर्न निषेध गरेको छ ।

प्रशासन कार्यालयले शुक्रबार राति १२ बजेदेखि वैशाख २४ गते राति १२ बजेसम्मका लागि सवारी साधनमा जोर विजोर प्रणाली लगाएको छ । तर एम्बुलेन्स, स्वास्थ्य, खाद्यान्न, खानेपानी, तरकारी, फलफूल, दुग्धजन्य, मासु, बैंक तथा वित्तीय संस्था, फोहोरमैलालगायतका गाडीलाई भने जोर विजोर लाग्ने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment