+
+
Shares

निरन्तर ओरालो लाग्दै कुखुराको मासुको मूल्य

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १६ गते १९:०९
फाइल तस्वीर

१६ वैशाख, काठमाडौं । ब्रोइलर कुखुराको मासुको मूल्य एक सातामै तेस्रो पटक घटेको छ । शुक्रबारबाट लागु हुनेगरी ब्रोइलर जिउँदो कुखुराको मासुको कोल्डस्टोर मूल्य २० रुपैयाँले घटेपछि तयारी मासुको मूल्य ३८० रुपैयाँमा झरेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ ।

संघले बिहीबार मात्रै जिउँदो कुखुराको मासुको मूल्य २७० रुपैयाँ प्रतिकिलो तोकेको संघका सचिव देवकुमार गिरीले जानकारी दिए । ‘आजसम्म जिउँदो ब्रोइलरको कोल्ड स्टोर मूल्य २९० थियो । भोलिबाट २७० रुपैयाँ हुन्छ,’ सचिव गिरी भन्छन् ‘अब तयारी मासुको मूल्य ३८० रुपैयाँ हाराहारी कायम हुनेछ ।’

जिउँदो कुखुराको मासुको मूल्य किलोमा २० रुपैयाँले घट्दा तयारी मासुको हालको मूल्यमा ३५ रुपैयाँ गिरावट आउने पनि सचिव गिरीले बताए । अहिले बजारमा ४१५ रुपैयाँ किलोमा तयारी ब्रोइलर कुखुराको मासु बिक्री भइरहेको छ । गत वैशाख १२ गते किलोमा १० रुपैयाँले घटेर तीन सय रुपैयाँमा झरेको जिउँदो कुखुराको कोल्ड स्टोर मूल्य मंगलबार पुनः १० रुपैयाँले नै घटेर २९० रुपैयाँ आइपुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?