Comments Add Comment

सप्तरीमा लागू औषधसहित दुई जना पक्राउ

१६ बैशाख, सप्तरी । सशस्त्र प्रहरीले सप्तरीबाट लागूऔषधसहित बिहीबार दुई जनालाई नियन्त्रणमा लिएको छ ।

भारतबाट लागूऔषध ल्याउँदै गर्दा सशस्त्र प्रहरीको गस्ती टोलीलाई हेरेपछि भाग्दै गरेका मोटरसाइकलको पिछा गर्दै उनीहरुलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिए ।

राजगढ गाउँपालिका–२ मा चेक प्वाइन्ट खडा गरी चेकजाँज गर्ने क्रममा भारतबाट आउँदै गरेको दुई जना सवार स. ४प ३४९७ नम्बरको मोटरसाइकल भागेपछि प्रहरीले पिछा गर्दै समातेको उनले बताए ।

मोटरसाइकलमा सवार बिष्णुपुर गाउँपालिका–७ कनकटा बस्ने २८ बर्षीय अभिमन्युकुमार र राजविराज नगरपालिका–८ बस्ने ४३ बर्षीय गज्जु दासलाई नियन्त्रणमा लिएपछि लागूऔषध बरामद भएको छ ।

उनीहरुको साथबाट डाइजेपाम इन्जेक्सन ६४ थान, फेनारगन इन्जेक्सन ६५ थान, लिजेसिक बुप्रेनोरोफिन इन्जेक्सन ६५ थान, नाइट्रोसुन ट्याब्लेट ५० थान बरामद भएको छ ।

उनीहरुको साथबाट जिल्ला प्रशासन कार्यालय सप्तरीबाट जारी भएको लक्ष्मीकुमार मण्डलको र बोधनी देवीको नामबाट जारी भएको नागरिकता समेत बरामद भएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment