Comments Add Comment

३५ वर्षपछि परिवारमा भयो छोरीको जन्म, हेलिकप्टरबाट घर ल्याइयो

काठमाडौँ । लैंगिक विभेद कायम रहेको नेपाल तथा भारत जस्ता देशहरुमा छोरा र छोरीबीच भेदभाव हुन्छ । परम्परागत समाजमा छोरा जन्मिदा खुसी मनाउने र छोरी जन्मिदा दु:खी हुने गर्दछन् मान्छेहरु । तर त्यहीँ परम्परागत सोँचलाई चुनौती दिएका छन् एकजना भारतीय दम्पतीले ।

परिवारमा ३५ वर्षपछि छोरी जन्मिएको खुसीमा उनीहरुले उत्सव नै मनाएका छन् र छोरीलाई घरसम्म ल्याउनका लागि हेलिकप्टर नै चार्टर गरेका छन् ।

भारतको राजस्थानस्थित नागौर जिल्लाको निम्बडी चाँदवता गाउँमा यो घटना भएको हो । स्थानीय ५५ वर्षीय किसान मदन प्रजापतको परिवारमा ३५ वर्षपछि छोरीको जन्म भयो । आफ्ना एक छोरा र एक छोरी रहेको मदन बताउँछन् ।

ठूली छोरी ३५ वर्षकी भैसकेकी छिन् र छोरा २१ वर्षका भए । गत वर्ष बिहे गरेका उनका छोरा हनुमान प्रजापतकी पत्नी चुकी देवीले गत अप्रिल २ मा छोरी जन्माइन् । परिवारमा नातिनी जन्मिएपछि मदन प्रजापतको खुसीको सीमा रहेन ।

ती बालिकाको नाम सिद्धि राखिएको छ । नागौर जिल्ला अस्पतालमा जन्मिएकी छोरीलाई स्थानीय रितिरिवाज अनुसार सुत्केरी चुकी देवीको माइती हरसोल गाउँमा लगियो ।

त्यसपछि मदन प्रजापतले आफ्नी नातिनी तथा साढे ३ दशकपछि परिवारमा जन्मिएकी छोरीको गृह प्रवेशलाई उत्सवको रुपमा मनाउने विचार गरे ।

उनले त्यसको भव्य तयारी गरे । त्यसपछि ती बालिकालाई उनको मावलीघर हरसोलदेखि आफ्नो घर निम्बडीसम्म हेलिकप्टरमा चढाएर ल्याए ।

नातिनीलाई घरमा ल्याउनका लागि हेलिकप्टरको बन्दोबस्त गर्न पनि उनले निकै मेहेनत गरे । अन्ततः रामनवमीको दिन नातिनीलाई १० मिनेटको हेलिकप्टर यात्राबाट घरमा ल्याइयो । घरमा नातिनी ल्याइएसँगै त्यहाँ उपस्थित परिवारजन तथा गाउँलेहरुले फुलमाला तथा परम्परागत गीतसंगीतबाट स्वागत गरे । बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment