+
+
Shares

एकीकृत रूपमा एम्बुलेन्स परिचालन गर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १७ गते १३:३५

१७ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को महामारीको अवस्थालाई मध्यनजर राख्दै एम्बुलेन्सलाई एकीकृत रूपमा परिचालन गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको छ ।

मन्त्रालयका सह–प्रवक्ता एवं स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख डा. समीरकुमार अधिकारीले शुक्रबार एक परिपत्र जारी गर्दै जिल्लामा सञ्चालित एम्बुलेन्सलाई एकीकृत रूपमा सञ्चालन गरी सेवाग्राहीलाई सहज गराउन सबै जिल्ला प्रशासन कार्यालयसँग अनुरोध गरेका हुन् ।

‘कोभिड–१९ को संक्रमण बढ्दै गएर व्यवस्थापनमा चुनौतीहरु थपिँदै जाँदा नियमित स्वास्थ्य सेवा लिन तथा संक्रमितलाई अस्पताल पुर्याउन समस्या भइरहेको अवस्था छ । त्यसैले जुनसुकै निकायबाट सञ्चालित एम्बुलेन्सहरू जिल्लाभित्र एकीकृत रूपमा परिचालन गरी सेवाग्राहीलाई सहज हुने गरी १०२ नम्बर वा प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसञ्चालनमार्फत सेवा प्रदान गर्ने व्यवस्था गरिदिन अनुरोध छ,’ परिपत्रमा उल्लेख छ ।

हेर्नुहोस् विज्ञप्ति :

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?