Comments Add Comment

निषेधाज्ञाले आन्तरिक हवाई यातायात पनि प्रभावित, आधा घट्यो उडान

फाइल तस्वीर

१७ वैशाख, काठमाडौं । निषेधाज्ञाका बीच हवाई उडानमा आधा भन्दा बढी उडान संख्या कम भएको छ । त्रिभुवन विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार शुक्रबार आन्तरिकतर्फ मात्र ७७ वटा उडान–अवतरणको तालीका रहेको छ ।

यसअघि निषेधाज्ञा शुरु हुने अघिल्लो दिन बुधबार कुल १४९ वटा उडान अवतरण भएका थिए । यो संख्या कोरोना महामारी शुरु भएयताकै सबैभन्दा धेरै थियो । यो दिन १५ हजार २६३ यात्रुले त्रिभुवन विमानस्थल हुँदै यात्रा गरेका थिए । निषेधाज्ञा शुरु भएको दिन बिहीबार कुल १०४ वटा उडान भएका थिए ।

यी उडानबाट ८ हवा २६९ जना यात्रुले त्रिभुवन विमानस्थल हुँदै यात्रा गरेका थिए । विमानस्थलको तथ्यांक अनुसार शुक्रबार भने उडानमा व्यापाक कमी आएको छ । विभिन्न जिल्लामा जारी निषेधाज्ञा र यात्रा अवरोधका कारण हवाई यात्रुमा समेत कमी आएको पाइएको छ ।

शुक्रबार सबैभन्दा बढी बुद्ध एयरले ३५ उडान गर्दैछ । यति एयरलाइन्सको २०, श्री एयरलाइन्सको १२, नेपाल एयरलाइन्स र तारा एयरको ४/४ र समिट एयरको दुई उडान हुने गरी तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment