+
+
Shares

विराटनगरमा शनिबार रातिदेखि निषेधाज्ञा

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १७ गते १९:०९
फाइल तस्वीर

१७ वैशाख, विराटनगर । विराटनगर महानगरपालिकामा निषेधाज्ञा जारी भएको छ । शनिबार राति १२ बजेबाट लागु हुनेगरी निषेधाज्ञा जारी भएको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार विराटनगर महानगरपालिका, बुढीगङ्गा गाउँपालिका, जहदा गाउँपालिका र कटहरी गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ मा निषेधाज्ञा जारी भएको हो । उनका अनुसार निषेधाज्ञाको अवधि एक साताको हुनेछ ।

शुक्रबार बसेको बैठकले निषेधाज्ञा जारी गर्ने र निषेधित क्षेत्रमा अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय भएको उनले बताए । अत्यावश्यक दैनिक उपभोग्य वस्तुका पसल बिहान १० बजेसम्मका लागि खोल्न दिने निर्णय भएको जानकारी दिए ।

त्यस्तै जिल्ला प्रशासन कार्यालय झापाले पनि निषेधाज्ञा जारी गरेको छ । आइतबार रातिबाट लागु हुनेगरी एकसातासम्म निषेधाज्ञा जारी गरेको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रबार बिहानबाट लागु हुनेगरी निषेधाज्ञा जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?