+
+
Shares

हवाइ उडान स्थगित गर्न सीसीएमसीको सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १७ गते २३:१५

१७ वैशाख, काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) ले अन्तराष्ट्रिय र आन्तरिक उडान रोक्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको सीसीएमसीको बैठकले संक्रमण भयावह बन्दै गएको निष्कर्षसहित हवाइ उडान रोक्नुपर्ने निष्कर्ष निकालेको हो ।

सीसीएमसी स्रोतकाअनुसार सीसीएमसीका निर्देशक एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लैजानेछन् । त्यसपछि सीसीएमसीको सिफारिसमाथि निर्णय हुनेछ ।

हाल संक्रमण बढी देखिएका जिल्लामा प्रशासनले निषेधाज्ञा लगाएका छन् । हवाई सेवामा चाहिँ रोक लगाइएको थिएन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?