Comments Add Comment

कैलालीका निजी अस्पतालसँग कोभिड वार्ड सन्चालनको सम्झौता

१८ वैशाख, डोटी । सुदूरपश्चिम प्रदेश सरकारले दोश्रो चरणको कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि भइरहेका प्रयासहरु विज्ञप्तिमार्फत् सार्वजनिक गरेको छ ।

प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र सिंह कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तीमा कैलाली जिल्लाको अवस्थाबारे उल्लेख गरिए पनि प्रदेशका अन्य जिल्लाहरुको अवस्थाबारे उल्लेख छैन ।

विज्ञप्तिमा लेखिएअनुसार कैलालीको अत्तरियामा रहेको सुदूरपश्चिम सामुदायिक अस्पतालमा ४० बेडको कोभिड वार्ड सञ्चालन भइरहेको छ । धनगढीमा थप ५० बेडको कोरोना अस्पताल निर्माण पनि भइरहेको छ ।

यसैगरी कैलालीका निजी अस्पतालहरु नवजीवन अस्पताल र पदमा अस्पतालमा १०÷१० बेड र कैलाली अस्पतालमा पाँच बेडको कोभिड अस्पताल सञ्चालनका लागि सम्झौता भइसकेको छ ।

गेटा मेडिकल कलेजको भवनमा अस्थायी कोभिड अस्पताल सञ्चालनको तयारी भइरहेको, अस्पतालहरुमा थप बेडहरु बिस्तार गर्ने कार्य भइरहेको मन्त्रालयले जनाएको छ ।

दैनिक एक सय सिलिण्डर धनगढी ग्यास उद्योगबाट र थप एक सय सिलिण्डर नेपालगञ्जबाट समेत दैनिक आपूर्तिको व्यवस्था मिलाउने कार्य भइरहेको विज्ञप्तीमा उल्लेख छ ।

मन्त्रालयका अनुसार सीमा नाकामा हेल्थ डेक्स स्थापना गरी स्वास्थ्य जाँच र परीक्षण गर्ने कार्य भइरहेको छ । आइसोलेन सञ्चालन एवं स्वाव संकलन र परीक्षण गर्ने कार्यका साथै विभिन्न जनचेतनामुलक क्रियाकलापहरु पनि भइरहेका छन् ।

सरकारी प्रयासका अतिरिक्त सबै सरोकारवालाहरुको सहयोग र सहकार्यका लागि मन्त्रालयले अनुरोध समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment