Comments Add Comment

श्रीमती र भाइ मिलेर हत्या

१८ वैशाख, जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकामा आफ्नै श्रीमती र भाइ मिलेर हत्या गरेको प्रहरीले जनाएको छ । हंसपुर नगरपालिका वडा नम्बर ६ टिल्ही निवासी २५ वर्षीय शम्भु मण्डललाई उनकै श्रीमती र भाइ मिलेर हत्या गरेको धनुषाका प्रहरी प्रबक्ता मकेन्द्र कुमार मिश्रले बताए ।

शम्भु एक महिना अगाडिमात्रै वैदेशिक रोजगारीबाट फर्किएका थिए । शनिबार बिहान २ बजेर ३० मिनेटतिर शम्भु उनकी २३ बर्षीया पत्नी सुशिलादेवी, भाइहरु अनिल मण्डल र जय मण्डलबीच घरायसी विवाद भएको र त्यहीँ क्रममा तीनै जना मिलेर उनको धारिलो हतियार प्रहार गरी हत्या गरेको पाइएको मिश्रले बताए ।

लाठीसहित घरेलु हतियारले प्रहार गर्दा शम्भुको घट्नास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । मृतकको शवलाई पोष्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

घटनापछि तीनै जना फरार भएका छन् । उनीहरुको खोजी गर्दै थप अनुसन्धान शुरू गरिएको प्रहरी प्रवक्ता मिश्रले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment