
१८ वैशाख, जनकपुरधाम । सर्लाहीमा तीनजना सवार मोटरसाइकललाई बसले ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् ।
गोडैता नगरपालिका–५ रामवनस्थित गडहियाबाट हरकठवातर्फ जाँदै गरेको ना ४ ख १०८९ नम्बरको बसले अनटेस्ट मोटरसाइकललाई शनिबार बिहान ठक्कर दिएको प्रहरीले जनाएको छ ।
ठक्करबाट मोटरसाइकल चालक रौतहटको गढीमाई नगरपालिका–८ का २६ वर्षीय जयचन्द्र साहको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनलाई जिल्ला अस्पताल मंलगवा लैजाने क्रममा बाटोमै मृत्यु भएको निमित्त सूचना अधिकृत प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।
सोही मोटरसाइकलमा पछाडि सवार गढीमाई नगरपालिका–८ कै ३५ वर्षीय बिगु साह र ९ वर्षीय विनेशकुमार साह घाइते भएका छन् । उनीहरु दुवैको बरहथवा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4