+
+
Shares

सर्लाहीमा बसले मोटरसाइकललाई ठक्कर दिंदा एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १८ गते १४:१०

१८ वैशाख, जनकपुरधाम । सर्लाहीमा तीनजना सवार मोटरसाइकललाई बसले ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् ।

गोडैता नगरपालिका–५ रामवनस्थित गडहियाबाट हरकठवातर्फ जाँदै गरेको ना ४ ख १०८९ नम्बरको बसले अनटेस्ट मोटरसाइकललाई शनिबार बिहान ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ठक्करबाट मोटरसाइकल चालक रौतहटको गढीमाई नगरपालिका–८ का २६ वर्षीय जयचन्द्र साहको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनलाई जिल्ला अस्पताल मंलगवा लैजाने क्रममा बाटोमै मृत्यु भएको निमित्त सूचना अधिकृत प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।

सोही मोटरसाइकलमा पछाडि सवार गढीमाई नगरपालिका–८ कै ३५ वर्षीय बिगु साह र ९ वर्षीय विनेशकुमार साह घाइते भएका छन् । उनीहरु दुवैको बरहथवा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?