Comments Add Comment

कोलम्बियामा फल्यो संसारकै ठूलो आँप, वजन सवा ४ किलो

फलको राजा आँप मन नपर्ने सायदै होलान् । जात अनुसार आँपको स्वाद मात्र नभइ फलको आकार पनि सानो ठूलो हुन्छ । दक्षिण अमेरिकी मुलुक कोलम्बियामा भने संसारकै सबैभन्दा ठूलो आँपको फलेको छ ।

कोलम्बियाको गुआयाटामा बस्ने जम्र्यान ओर्लान्डो नोभा र उनकी पत्नी रेइया मारियाले संसारकै सबैभन्दा ठूलो आँपको फल फलाउने विश्व कीर्तिमान कायम गरेका छन् ।

1-Heaviest-mango-in-the-farm-with-farmers

उक्त आँपको वजन ४ किलो २५० ग्राम रहेको छ । गिनिज बुक अफ वर्ल्ड रेकर्डस् उक्त आँपको दानालाई विश्वकै सबैभन्दा ठूलो आँपको दानाको रुपमा प्रमाणित गरेर प्रमाणपत्र नै दिइसकेको छ ।

यसअघि सबैभन्दा ठूलो आँप फलाउने किर्तिमान फिलिपिन्सको नाउँमा थियो । त्यहाँका एक किसानले सन् २००९ मा ३ किलो ४३५ ग्रामको आँपको फल फलाएका थिए ।

1-Colombian-Farmers-with-the-heaviest-mango

कोलम्बियाको गुआयाटा गाउँमा व्यवसायिक रुपमा आँपखेती हुँदैन । गाउँलेहरुले घरमा खानका लागि मात्रै आँपका रुख रोप्ने गरेका छन् । घरमै खानका लागि रोपेको आँपको रुखले विश्व किर्तिमान कायम गरिदिएपछि अहिले गाउँकै पहिचान विश्वव्यापी बनेको छ ।

1-Heaviest-mango-from-colombia-being-cut

गिनिज बुकका अधिकारीहरुले आधिकारिक रुपमा उक्त आँपको फललाई सबैभन्दा ठूलो आँपको फलको रुपमा प्रमाणित गरेसँगै त्यसलाई काटियो र त्यहाँ उपस्थित सबै जनालाई खान दिएर उत्सव मनाइएको थियो ।

गिनिज वर्ल्ड रेकर्डस् डटकमबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment