Comments Add Comment

लक्ष्मी भन्छिन्– ‘हरेक कलाकारलाई भर्सटायल हुन मन लाग्छ’

आफ्नो बलियो अभिनयका कारण दर्शकमाझ चिनिएकी कलाकार हुन् लक्ष्मी बर्देवा । चलचित्रमा सहायक भूमिकाबाटै दर्शकमाझ नोटिस हुन सक्ने क्षमता राख्नु उनको विशेषता हो ।

‘घामपानी’, ‘डमरुको डण्डिबियो’ हुँदै ‘बुलबुल’मा उनले निर्वाह गरेको क्यारेक्टरलाई दर्शकले रुचाए । त्यसयता उनी अभिनित चलचित्र ‘सेल्फी किङ’ प्रदर्शनमा आएको छ भने ‘प्रेम गीत ३’ प्रदर्शनका लागि तयार छ । त्यस्तै उनले चलचित्र ‘अनन्त’को छायांकन सकेकी छिन् भने ‘बिच्छेद’को छायांकन बाँकी नै छ । यहाँसम्म आउँदा उनले चलचित्रमा फरक फरक भूमिका निर्वाह गरेकी छिन् । उनै कलाकार लक्ष्मी हरेक कलाकार भर्सटायल हुन चाहने बताउँछिन् ।

अनलाइनखबरसँग कुरा गर्दै लक्ष्मीले भनिन्–‘हरेक कलाकार भर्सटायल हुन चाान्छ । जस्तो भूमिका पनि गर्न मन लाग्छ । मलाई पनि फरक–फरक जनरामा बनेको चलचित्रमा काम गरौं लाग्छ । क्यारेक्टरलाई लिएर आफूमा विश्वास भने हुनुपर्छ ।’

क्यारेक्टर राम्रो भएपछि यो चलचित्र गर्ने, त्योे नगर्ने भन्न नहुने उनी बताउँछिन् । क्यारेक्टर मन परेपछि हरेक जनरामा बनेका चलचित्रमा काम गर्ने लक्ष्मीले बताइन् । उनी आफूले छोटा चलचित्रहरुमा निर्वाह गरेको क्यारेक्टर निकै मनपर्ने बताउँछिन् ।

हालै छायांकन सकिएको चलचित्र ‘अनन्त’बाट आफू निकै आशावादी रहेको लक्ष्मी बताउँछिन् । ‘आफूले गर्न मन लागेको भूमिका गर्न पाएकी छु । काम पनि निकै राम्रो भएको छ’–उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment