+
+
Shares

नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १९ गते १५:१५

१९ वैशाख, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार बढेर हरियाली देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ५४ अंकले बढेर २ हजार ६ सय ६५ दशमलव ११ अंकमा पुगेको छ ।

केहि दिन अघिसम्म सुस्ताएको सेयर कारोबार रकम पनि आज बढेको छ । दिनभर भएका २२६ कम्पनीको ८३ हजार ४ सय ४ कारोबारबाट १ करोठड ५८ लाख ३२ हजार ४ सय ३ कित्ता सेयर किनबेच भएका छन् ।

जस अनुसार ७ अर्ब ३६ करोड ८ लाख ५ सय रुपैयाँको कारोबार भएको छ । समूहगत सूचकहरु सबै बढ्दा वशाल बजार कम्पनीका लगानीकर्ताहरुले धेरै कमाएको छन् । यसैगरी महिला लघुवित्त, सिंगटी हाइड्रो इनर्जी, सानिमा जनरल इन्स्यारेन्स र सिनजी पावर लगायत कम्पनीको सेयर मूल्य घटेको छ ।

उता धेरै मूल्य घट्नेमा एभरेष्ट बैंक, सनराइज फस्र्ट म्युचुअल फण्ड, एनआईवीएल समृद्धि फण्ड, नेपाल हाइड्रो डेभलपर्स लगायत देखिएका छन् ।

यी हुन् धेरै कमाउने र गुमाउने कम्पनीहरुः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?