+
+
Shares

सांसद पद गुमाएका जसपा नेताको रिट सर्वोच्चले गरिदियो फिर्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १९ गते १५:२२

१९ वैशाख, काठमाडौं । सांसद पदबाट पदमुक्त भएका जनता समाजवादी पार्टीका ४ नेताले दिएको रिट सर्वोच्च अदालतले फिर्ता गरिदिएको छ ।

कोरोना महामारीका कारण सर्वोच्च अदालतले वैशाख १५ देखि वैशाख मसान्तसम्म बन्दी प्रत्यक्षीकरण र कोभिड महामारीसँग सम्बन्धित अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्यसँग सम्बन्धित रिट निवेदनमात्र दर्ता हुने भन्दै सर्वोच्चले फिर्ता गरिदिएको हो ।

सहरजिस्ट्रार बाबुराम दाहालले अदालतको नियमित काम कारबाही र सेवा सञ्चालन भएको बखत निवेदन लिई आएमा दर्ता हुन सक्ने भन्दै हाललाई रिट फिर्ता हुने आदेश दिएका हुन् ।

लुम्बिनी प्रदेश सरकारमा सहभागी भएपछि जनता समाजवादी पार्टीका ४ नेतालाई पार्टीले निष्कासन गरेको जानकारी प्रदेशसभालाई दिएपछि उनीहरुले सांसद पद गुमाएका थिए ।

पार्टी र प्रदेशसभाको उक्त निर्णयको विरुद्धमा जसपा नेताहरु सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे सर्वोच्चमा रिट लिएर पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?