+
+

कोरोना संक्रमणबाट संविधानसभा सदस्य चौधरीको निधन

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १९ गते १५:४६

१९ वैशाख, धनगढी । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट संविधानसभा सदस्य रबनी चौधरीको निधन भएको छ । कैलालीको  लम्कीचुहा नगरपालिका–६ बागमारा स्थायी ठेगाना भएकी ४४ वर्षीया चौधरीको कोरोना संक्रमणबाट आइतबार दिउँसो धनगढीमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

कलेजो र मिर्गौलासम्बन्धी समस्याले ग्रस्त चौधरी धनगढीको नवजीवन अस्पतालमा उपचाररत थिइन् । शनिबार मात्र अस्पताल भर्ना भएकी चौधरीलाई आइतबार नै कोरोना संक्रमण पुष्टि भएको थियो । चौधरी २०७० सालमा नेकपा एमालेबाट संविधानसभा सदस्य बनेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?