+
+
Shares

३५ नम्बर ब्रोकरले सेयर बेचेकै दिन २ लाखसम्म भुक्तानी दिने

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १९ गते १८:५९

१९ वैशाख, काठमाडौं । ३५ नम्बर ब्रोकर कोहिनुर सेक्युरिटिजले अप्ठेरो परेका ग्राहकलाई २ लाख रुपैयाँसम्म सेयर बिक्री गरेकै दिन भुक्तानी दिने भएको छ । कोरोना महामारीका कारण समस्यामा परेको वा बिरामी भएका ग्राहकहरुलाई लक्षित गर्दै कम्पनीले यस्तो योजना ल्याएको हो ।

अहिले सेयर बिक्री गरेको रकम पाउन सामान्यता चारदेखि पाँच दिनसम्म पर्खनु पर्नेहुन्छ । केही ब्रोकर कम्पनीहरुले त महिनौंसम्म पनि भुक्तानी नदिएको भन्दै नेपाल धितोपत्र बोर्डमा उजुरी समेत परेको छ ।

धितोपत्र बोर्डले लागू गरेको ‘टी प्लस टू’पश्चात सेयर किनबेच भएको २ दिनभित्रै सेटलमेन्ट गर्नुपर्छ । सेयर बेच्नेले अहिले पनि २ वा तीन दिन भित्रमा भुक्तानी गर्ने गरेका छन् ।

निषेधाज्ञाका बेला ग्राहकहरुलाई पर्नसक्ने अप्ठेरोलाई सहज बनाउनका लागि यो योजना ल्याएको कोहिनुरका अध्यक्ष भरत रानाभाटले जानकारी दिए ।

‘यो समय भनेको एकले अर्कालाई सहयोग गर्ने समय हो, अप्ठेरोमा परेर सेयर बेच्ने अनि पैसा नआउँदा तनाव हुन्छ’ उनले भने, ‘अब अप्ठेरोमा परेर सेयर बेचेको रकम कहिले आउँला भनेर डराउनु पर्दैन, हामीलाई जानकारी मात्रै गराए तत्कालै खातामा जम्मा गरिदिन्छौं ।’

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?