Comments Add Comment

सुदूरपश्चिममा २४ घण्टामा १२ संक्रमितको मृत्यु, ४७४ जनामा संक्रमण 

१९ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप ४७४ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेशमा पीसीआर र एन्टिजेन विधिबाट एक हजार ४७८ जनाको परीक्षण गर्दा ४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयले सार्वजनिक गरेको तथ्यांकअनुसार एन्टिजेन विधिबाट ८२७ जनाको परीक्षण गर्दा २१४ जना र पीसीआर विधिबाट ६५१ जनाको परीक्षण गर्दा २६० जनामा संक्रमण पुष्टि भएको हो ।  यस्तै २४ घण्टामा सुदूरपश्चिमका थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सुदूरपश्चिम प्रदेशमा पछिल्लो ९ दिनमा मात्र कोरोना संक्रमणबाट ५१ जनाकाृ मृत्यु भएको छ । सुदूरपश्चिममा हालसम्म ११५ जना संक्रमितको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment