Comments Add Comment

साउथ फिल्ममा काम खोज्दै रिया

बलिउड नायिका रिया चक्रवर्ती हैदराबादमा छिन् । उनी, हैदराबादमा रहनुको कारण, साउथ चलचित्रमा काम खोज्न हो । बलिउडमा नायक सुशान्त सिंह राजपुतको निधनपछि उनी विवादको घेरामा रहिन् । सुशान्तको निधनमा रियाको हात रहेको भन्न्े खालका खबर सार्वजनिक भए । पछि यो बिषयमा ड्रग्सको मुद्दासँग जोडिएपछि रिया केही समय जेलमा समेत बसिन् ।

यसैले, उनलाई लिएर बलिउड चलचित्र बनाउन निर्माताले चाहेका छैनन् । रियाले अभिनय गरेको चलचित्र ‘चेहरे’को पोष्टरमा समेत उनको तस्वीर अटेन । यसबाट निराश बनेकी रिया साउथ चलचित्रमा काम खोजिरहेकी छिन् ।

रिया सामान्य जीवनमा फर्किन चाहिरहेकी छिन् । तर, उनको करिअर आशातित रुपमा अगाडि बढ्न सकेको छैन । रियाले बारम्बार पापाराजीहरुलाई आफ्नो पिछा नगर्न पनि आग्रह गर्दै आएकी छिन् । तर, आजका दिनमा पनि सुशान्तका फ्यानले रियाको ट्रोल बनाइरहेका छन् । यसैले पनि उनलाई लिएर बलिउडमा चलचित्र बनाउँदा जोखिम हुने वुझाई धेरै निर्माताको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment