
२० वैशाख, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का ३ लाख ६८ हजार १४७ नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार सो अवधिमा ३ हजार ४१७ कोरोना संक्रमितको मृत्यु भएको छ ।
यससँगै भारतमा समग्र कोरोना संक्रमितको संख्या १ करोड ९९ लाख नाघेको छ । त्यस्तै कोरोना संक्रमणको कारण २ लाख १८ हजार ९५९ जनाको मृत्यु भएको छ । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि ३४ लाख १३ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा भारतको महाराष्ट्रमा सबैभन्दा धेरै ५६ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । अघिल्लो दिनको तुलनामा भने महाराष्ट्रमा कोरोनाका नयाँ संक्रमितको संख्यामा कमी आएको हो । त्यस्तै कर्नाटकमा कोरोनाका नयाँ संक्रमितको संख्या ३७ हजारभन्दा धेरै छ । केरलामा कोरोनाका नयाँ संक्रमितको संख्या ३१ हजारभन्दा धेरै छ भने उत्तर प्रदेशमा यो संख्या ३० हजारभन्दा धेरै छ ।
भारतमा अहिलेसम्म १५ करोड ७१ लाख डोजभन्दा धेरै कोरोना खोप लगाइएको छ ।
प्रतिक्रिया 4