
२० वशाख, धादिङ । धादिङ अस्पतालमा कार्यरत १३ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको आपतकालीनबाहेक सबै सेवा सोमबारदेखि बन्द गरिएको छ ।
अस्पतालले विज्ञप्ति जारी गर्दै बहिरङ्ग सेवा बन्द गरेको छ । आपत्कालीन सेवा मात्र सञ्चालन गर्ने गरी अस्पताल खोलिएको अस्पतालका सूचना अधिकारी विक्रम विकले जानकारी दिए ।
यही वैशाख १५ र १७ गते अस्पतालमा कार्यरत स्वाथ्यकर्मीको स्वाब संकलन गरी पठाइएकामा कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनबमोजिम अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र सेवाग्राहीमा थप कोभिड संक्रमण बढ्न नदिन सावधानी अपनाउँदै ओपीडी सेवा बन्द गरिएको हो ।
अस्पतालले तत्काल स्वास्थ्योपचार गर्नुपर्ने तथा अत्यावश्यक अवस्थामा रहेका सेवाग्राहीलाई मात्र अस्पताल आई भीड कम गराएर कोभिडको जोखिम कम गर्नका लागि सहयोग गरिदिन अनुरोध गरेको छ ।
प्रतिक्रिया 4