Comments Add Comment

कोरोनासँग लड्न दिल्ली सरकारले माग्यो सेनाको सहयोग

२१ वैशाख, काठमाडौं । कोरोना संक्रमणको महामारीसँग लड्न भारतको नयाँदिल्ली सरकारले सेनाको सहयोग मागेको छ ।

कोभिड केयर सुविधा र आइसियू युनिट्स सन्चालनका लागि दिल्ली सरकारले सेनाको सहयोग मागेको हो । सेनाको सहयोग माग्दै दिल्ली सरकारले रक्षा मन्त्रालयमा पत्र पठाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

नयाँदिल्ली कोरोनाको दोस्रो लहरबाट बढी प्रभावित क्षेत्रमध्ये एक हो । कोरोना संक्रमणका बिरामीहरु बढेपछि भारतको राजधानी नयाँदिल्ली आईसीयू बेड र अक्सिजनको कमीसँग जुधिरहेको छ । विगत एक हप्तादेखि भारतमा हरेक दिन तीन लाख भन्दा धेरै नयाँ संक्रमित फेला परिरहेका छन् । दिल्लीमामात्रै दैनिक २० हजारभन्दा धेरै जनामा संक्रमण पुष्टि भइरहेको छ ।

दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियाले भनेका छन्, ‘अक्सिजन ढुवानीका लागि एकदमै धेरै सहयोग आवश्यक छ । अक्सिजन वितरणका लागि सेनासँग ट्रक छ भने मद्दत गरोस् । रक्षा अनुसन्धान एवं विकास संगठन (डिआरडिओ)सँग पाँच सय बेडको उपचार केन्द्र छ । यस्तै केन्द्र अरु भइदिए पनि सहयोग हुन्थ्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment