
२१ वैशाख, हेटौंडा । हेटौंडा अस्पतालमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
हेटौंडा-६ की ४१ वर्षीया महिलाको मृत्यु भएको हेटौंडा अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लले जानकारी दिए ।
छातिमा निमोनिया फैलिएको उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । योसँगै हेटौंडा अस्पतालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ४ पुगेको छ ।
यसअघि, हेटौंडाका ५५ वर्षीय पुरुष र बारा अमलेखगञ्जका ४६ वर्षीय एक पुरुष र महोत्तरी जलेश्वर घर भएकी ५० वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4