+
+
Shares

धनुषाका चार जनप्रतिनिधिसँग माओवादीले सोध्यो स्पष्टीकरण

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २१ गते १४:४०
स्पष्टीकरण सोधिएका विदेह नगरपालिकाका प्रमुख बेचन दास ।

२१ वैशाख, जनकपुरधाम । नेकपा माओवादी केन्द्र धनुषाले जिल्लाका चारजना जनप्रतिनिधिसँग स्पष्टीकरण मागेको छ ।

पार्टीले विदेह नगरपालिकाका नगर प्रमुख बेचन दास, उप प्रमुख निलमदेवी मण्डल, शहीदनगर नगरपालिकाका उप प्रमुख शिलादेवी कापर र सबैलाई नगरपालिकाका उप-प्रमुख निलुदेवी कापरसँग स्पष्टीकरण सोधेको हो ।

सोमबार माओवादी केन्द्रले जारी गरेको पत्रमा भनिएको छ, ‘सर्वोच्च अदालतको निर्णय अनुसार पार्टी पुरानै अवस्थामा फर्केपनि पार्टीको कार्यक्रमहरुमा तपाईंको सहभागिता के कति कारण भइरहेको छैन ? तपाईंले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) त्याग गरेको हो वा होइन ? तथा तपाईंको आफ्नो स्थानीय तहमा पार्टीको पक्षमा क्रियाशीलता के कति कारणले छैन ?’

पार्टीका जिल्ला इन्चार्ज योगकुमार बरबरिया यादव र सचिव दीपक यादवले सोधेको स्पष्टीकरणको जवाफ तीनदिन दिनभित्र माग गरिएको छ ।

उनीहरुले तीन दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण नदिए कारबाही प्रक्रिया अगाडि बढाइने इन्चार्ज बरबरियाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?