+
+
Shares

उपत्यकामा बैंक तथा बीमा कम्पनीले सबै शाखा खोल्न नपाउने

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २१ गते १८:५०

२१ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा बैंक तथा बीमा कम्पनीहरुले अब सबै शाखा कार्यालयहरु खोल्न नपाउने भएका छन् । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले बैंक तथा वित्तीय संस्थाहरुलाई २५ प्रतिशत मात्रै शाखा खाेल्न दिने निर्णय गरेको हो ।

आजसम्म बैंक तथा बीमा कम्पनीहरुले थोरै कर्मचारी राखेर भए पनि सबै शाखा कार्यालयहरु खोलेर सेवा दिंदै आएका छन् । सबै शाखा कार्यालय खोेल्दा भीड बढेको निष्कर्ष निकाल्दै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

जस्तो कुनै एक बैंकको काठमाडौं उपत्यकामा २० वटा शाखा कार्यालयहरु छन् भने एक दिनमा ५ वटा मात्रै खोल्न पाउने छन् । बैठकले बैंक तथा वित्तीय संस्थाको प्रधान कार्यालयमा समेत २० प्रतिशत मात्रै कर्मचारी राखेर काम गर्न दिने निर्णय गरेको छ । यसका लागि राष्ट्र बैंकले आवश्यक समन्वय गर्नेछ ।

राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बैठकको निर्णय आइनसकेको बताए । निर्णय प्राप्त भएपछि आज वा भोलि बैंकहरुलाई निर्देशन दिने उनले बताए । प्रमुख जिल्ला अधिकारीहरुको निर्णय अनुसार नै यसअघि केन्द्रीय बैंकले २५ प्रतिशत मात्रै कर्मचारी राखेर सेवा दिन बैंकहरुलाई निर्देशन दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?