Comments Add Comment

पर्सा प्रहरीलाई व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री सहयोग

२१ वैशाख, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघले प्रहरीका लागि विभिन्न व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ । नेपाल औषधि उत्पादक संघसँग सहकार्य गरेर संघले जिल्ला प्रहरी कार्यालय पर्सालाई व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको हो ।

वीरगञ्जमा कोरोना संक्रमणको दोस्रो लहर तीव्र रुपमा फैलिएपछि हाल निषेधाज्ञा लगाइएको छ । सर्वसाधारणलाई निषेधाज्ञा पालना गराउन सुरक्षाकर्मीहरु सडकमा खटिएका छन् । उनीहरुका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिएको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्ताले बताए ।

संघले मंगलबार १ सय एमएलको ७३० थान स्यानिटाइजर, ५ लिटरको ४ ग्यालेन (२० लिटर) स्यानिटाइजर, फेसशिल्ड १ सय थान, अक्सिमिटर ४ थान र कोभिड संक्रमितको उपचारमा प्रयोग हुने विभिन्न औषधिहरु भएको प्याकेट २२० थान सहयोग गरेको जनाएको छ । सघंले मंगलबार नै  चार सय थान स्यानिटाइजर सशस्त्र प्रहरीलाई पनि उपलब्ध गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment