+
+

सांसदहरुको पीसीआर परीक्षण गरिँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २२ गते ८:५७

२२ वैशाख, काठमाडौं । विशेष अधिवेशनको तयारीमा जुटेको संसद सचिवालयले आज सभामुखसहित सांसदहरुको कोरोना परीक्षण गर्दै छ ।

सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, संघीय सांसदहरु, महासचिव, सचिव, संसद सचिवालयका सम्पूर्ण कर्मचारीहरुको पीसीआर परीक्षण आज गर्न लागिएको हो ।

भोलि संघीय संसद रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, मर्यादापालक, संसदीय मामला पत्रकार, स्वकीय सचिवालयका कर्मचारी लगायतको परीक्षण हुने छ ।

ल्होत्से हलमा बिहान १० बजेदेखि ५ बजेसम्म पीसीआर परीक्षण हुने संसद सचिवालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?