+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

माओवादीले फिर्ता लियो समर्थन, ओली सरकार अल्पमतमा

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २२ गते २०:२३

२२ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादीले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ ।

समर्थन फिर्ताको पत्र बुधबार बिहान संसद सचिवालयमा बुझाइएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई पत्र बुझाएका छन् ।

संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलगत्तै नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएको थियो । तर सरकारलाई दिएको समर्थन भने कायमै राखेको थियो ।

बुधबार समर्थन फिर्ताको पत्र बुझाएपछि माओवादी केन्द्रका प्रमुख सचेतक गुरुङले पत्रकारहरुसँग भने, ‘प्रधानमन्त्रीले संविधान विपरीत कदमहरु चाल्दै गैरहनुभएको छ । उहाँकै सरकार निरन्तर रहिरहँदा राष्ट्रियता, लोकतन्त्र र जनजीविकाका सबै मुद्दाहरुमा गम्भीर खतरा पैदा भएर कालान्तरमा राष्ट्रिय स्वाधीनताकै मुद्दा गम्भीर खतरामा पर्न सक्ने भएकाले आजैका मितिदेखि लागू हुने गरी समर्थन फिर्ता लिएका छौं ।’

अल्मपतमा परेका प्रधानमन्त्री ओलीले यही वैशाख २७ गते संसदको विशेष अधिवेशनबाट विश्वासको मत लिंदैछन् । तत्काल कायम रहेको सदस्य संख्याको बहुमत नपुगे ओली सरकार ढल्ने छ ।

माओवादीका प्रमुख सचेतक गुरुङले नियमित अधिवेशन बोलाउनुपर्नेमा विश्वासको मत मात्रै लिने गरी विशेष अधिवेशन बोलाउनु पनि त्रुटिपूर्ण रहेको प्रतिक्रिया दिए । यसो गर्नु संविधान विपरीत रहेको जिकिर उनले गरे ।

नियमित अधिवेशन बोलाएर विधेयक ल्याउन सकिनेमा सरकारले त्यसो नगरी विभिन्न ७ वटा अध्यादेश जारी गरेको भन्दै उनले विरोध पनि गरे ।

सरकारमाथि आरोप

समर्थन फिर्ताको पत्रमा माओवादीले ओली सरकारमाथि विभिन्न आरोपहरु पनि लगाएको छ ।

संविधानको उल्लंघन गरी प्रतिगामी योजना बनाएको, सत्ताको निकृष्ट खेल खेलेको, समाजवादको आधार निर्माण गर्ने लक्ष्यलाई ध्वस्त बनाएको, नेपाली कम्युनिष्ट आन्दोलनमाथि आक्रमण गरेको, कोरोना विरुद्धको लडाइँमा अक्षमता प्रदर्शन गरेको, देशलाई बाह्य शक्तिको क्रीडास्थल बनाउँदै लगेको र लोकतान्त्रिक मूल्यमान्यता विपरीत अध्यादेशबाट शासन चलाउन उद्दत भएको आरोप माओवादीले ओलीमाथि लगाएको छ ।

साथै एमाले र माओवादीको एकीकरण रद्द गर्ने सर्वोच्च अदालतको निर्णय पश्चात ३० दिनभित्र विश्वासको मत लिनुपर्नेमा नलिएको र नियमित अधिवेशन बोलाउनुपर्नेमा विश्वासको मत लिनका लागि मात्रै विशेष अधिवेशन बोलाएकोमा भनेर पनि माओवादीले ओलीको आलोचना गरेको छ ।

हेर्नुहोस् समर्थन फिर्ताको पत्र

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?