Comments Add Comment

अक्सिजनको कालोबजारी भइरहेको भन्दै अफवाह फैलाएको आरोपमा युवक पक्राउ

२२ वैशाख, धनगढी । अक्सिजनको कालोबजारी भइरहेको भन्दै अफवाह फैलाएको आरोपमा प्रहरीले धनगढीबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१ का तेजबहादुर खड्का छन् ।

धनगढीबाट ६५० सिलिन्डर अक्सिजन कालोबजारी गरेर पहाडतिर ट्रकमा लैजाँदै गरेको भन्दै झूठो हल्ला फैलाएकाले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक भरत चौधरीले बताए ।

खड्काले सामाजिक सञ्जाल फेसबुकमा कालोबजारी भएको भन्दै गलत कुरा सार्वजनिक गरेको पाइएकाले पक्राउ गरिएको चौधरीले बताए । उनीमाथि सोधपुछ गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment