Comments Add Comment

वीरको नयाँ भवनसहित ४ ठाउँमा आईसीयूसहितको कोभिड अस्पताल

२३ वैशाख, काठमाडौं । सरकारले वीर अस्पतालको नयाँ भवनसँगै उपत्यकाका ४ ठाउँमा कोभिड अस्पताल सञ्चालन गर्ने कार्ययोजना बनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको कोभिड रोकथाम, नियन्त्रण र उपचारका लागि बनाएको कार्ययोजनामा वीर अस्पतालको नयाँ भवन, भक्तपुरको खरिपाटी, दहचोक र इचंगु नारायणमा आईसीयू सहितको कोभिड अस्पताल शनिबारसम्म सञ्चालन गर्ने उल्लेख छ । वीर अस्पतालको नयाँ भवनमा कोरोना संक्रमितलाई कम्तीमा ५०० शय्या सहितको सेवा दिने तयारी छ ।

त्यस्तै, भक्तपुरको खरिपाटी, काठमाडौंको दहचोक र इचंगु नारायणमा पनि आईसीयू सेवा सहितको कोभिड अस्पताल वैशाख २५ भित्र सञ्चालनमा ल्याउने कार्ययोजना छ । पहिलो भेरियन्टको कोरोना महामारीका बेलामा पनि यी ठाउँमा रहेका संरचनालाई प्रयोगमा ल्याइएको थियो ।

केन्द्रीय राजधानी काठमाडौंमै कोरोना बिरामीको लागि शय्या अभाव भएपछि सरकारले विभिन्न विकल्पको खोजी गर्दै आएको छ । यसै अन्तर्गत् सरकारले वीर अस्पतालको नयाँ भवनलाई ५०० शय्याको कोरोना विशेष अस्पताल बनाउने तयारी गरेको छ । सो सम्बन्धमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री कार्यालयका सचिव खगराज बराल र वीरअस्पतालका प्रतिनिधिसँग केही दिन अघि छलफल गरेका थिए ।

वीर अस्पतालको नयाँ भवन चीन सरकारको सहयोगमा केही समय अघिमात्रै निर्माण सम्पन्न भएर प्रयोगविहीन अवस्थामा छ । युथ फर नेसन नामक अभियानमा जोडिएका युवाहरुले केहीदिनदेखि उक्त भवन कोभिड संक्रमितको उपचारका लागि प्रयोग गर्न दबाबमूलक कार्यक्रमहरु आयोजना गर्दै आएका थिए ।

यो पनि पढ्नुहोस ‘अक्सिजन सिलिण्डरको संख्या दुई दिनभित्र निर्धारण गर्ने, निर्माण क्षेत्रबाट फिर्ता गर्ने’ यो पनि पढ्नुहोस सरकारले एकसाता भित्र चीनबाट अक्सिजन सिलिण्डर ल्याउने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment