Comments Add Comment

मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना

हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमणका कारण उपचार गराइरहेका मदन केही दिन अगाडि अस्पतालबाट डिस्चार्ज भएका थिए ।

८ दिनसम्म अस्पतालमा उपचार गराएपछि उनी घर फर्किएका थिए । तर, घर फर्किएको भोलीपल्टै अक्सिजनको तह कम भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

मदनकृष्णको छातीमा समेत सानो इन्फेक्सन देखिएकाले केही दिन उनलाई अस्पतालमै राखेर उपचार गरिनेछ । मदनकृष्णको परिवारका ५ जनामै कोरोना संक्रमण देखिएको थियो । मदनकृष्णको कोरोना रिपोर्ट पनि नेगेटिभ आएको छैन ।

तर, ८ दिनसम्म अस्पतालमा बसेपछि घर फर्किएका मदनकृष्णले यो महामारीलाई सामान्य नसोच्न र यसविरुद्ध लड्नका लागि सबैसँग अपिल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment