Comments Add Comment

सरकारको स्वीकृतिअनुसार नै शुल्क तोकेका हौं : ह्याम्स अस्पताल

२३ वैशाख, काठमाडौं । काठमाडौंको ह्याम्स अस्पतालले कोरोना संक्रमितको उपचारमा स्वास्थ्य मन्त्रालयको स्वीकृति बमोजिम नै शुल्क लिएको बताएको छ ।

बिहीबार अस्पतालले विज्ञप्ति निकालेर जनरल बेडमा सरकारले तोकेअनुसार दैनिक ७ हजार रुपैयाँ लिने गरेको र उक्त बेडमा अक्सिजनसहितको उपचार गरिएको बताएको छ ।

त्यस्तै क्याविनको हकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृत बमोजिम थप रकम लिन पाउने व्यवस्था अनुरुप वैज्ञानिक हिसाबले शुल्क तोकेको अस्पतालका कार्यकारी निर्देशक डा. ज्योतीन्द्र शर्माले विज्ञप्ति निकालेर जानकारी दिएका छन् ।

गुणस्तरीय र इन्फेक्सनसति सेवा दिनुपर्ने र खर्च पनि उल्लेख्य वृद्धि भएकाले अस्पतालले क्याविनमा उपचार गराउनेहरुसँग बढी शुल्क लिनुपर्ने बाध्यता रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

ह्याम्स अस्पतालले विभिन्न अस्पतालहरुले प्रदान गर्ने सेवाको वर्गीकरण गरी वैज्ञानिक ढंगले शुल्क निर्धारण हुनुपर्ने पनि बताएको छ । कार्यकारी निर्देशक शर्माले ह्याम्समा कुल बेडको ८० प्रतिशत कोभिड–१९ को संक्रमितको उपचारका लागि छुट्याएको पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment