Comments Add Comment

अक्सिजन उद्योग चौबीसै घण्टा सञ्चालन गर्न ललितपुर प्रशासनको निर्देशन

२३ वैशाख, काठमाडौं । ललितपुरमा सञ्चालित अक्सिजन उत्पादन गर्ने तीनवटा उद्योगलाई चौबीसै घण्टा सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत नेतृत्वको टोलीले बिहीबार पाटनको सगरमाथा अक्सिजन नेपाल प्रालि, हरिसिद्धिमा रहेको कान्तिपुर अक्सिजन प्रालि र महालक्ष्मी नगरपालिकामा रहेको सोपान मेडिकल अक्सिजनको निरीक्षण गर्दै देशभर देखिएको अक्सिजन अभावलाई ध्यानमा राखी चौबीसै घण्टा उद्योग सञ्चालन गर्न निर्देशन दिएको हो ।

प्रयोगकर्ताले धरौटीविना सिलिण्डर लैजाने र फिर्ता नगर्ने समस्या देखिएकाले त्यसका लागि प्रहरीले सहयोग गर्ने प्रशासनले बताएको छ । कतिपयले सिलिण्डर लुकाउने र भारततिर तस्करी गर्ने सम्भावनासमेत देखिएको निरीक्षणका क्रममा औंल्याइएको छ ।

तीनवटै उद्योगलाई अक्सिजन वितरणको विवरण राखी जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)लाई जानकारी गराउन पनि प्रशासनले निर्देशन दिएको छ ।

तीनवटै उद्योगमा गरी दैनिक जम्मा २ हजार ७ सय सिलिण्डर अक्सिजन उत्पादन गर्ने क्षमता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment