+
+
Shares
राष्ट्रिय सभा उपनिर्वाचन :

बादल बने एमालेको उम्मेदवार, हेलिकप्टर चढेर पुगे हेटौंडा

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २४ गते १२:०४
हेलिकप्टरमा सवार गृहमन्त्री रामबहादुर थापा बादल (बायाँ)

२४ वैशाख, हेटौंडा । राष्ट्रियसभा उपनिर्वाचनको लागि नेकपा एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल उम्मेदवार बनेका छन् । उनी उम्मेदवारी दर्ताका लागि हेलिकोप्टरबाट शुक्रबार बिहान हेटौंडा आइपुगेका छन् ।

वाग्मती प्रदेश अन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटमा जेठ ६ गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता गर्न लागिएको छ ।

सुरुमा उम्मेदवार बन्न बादलले अस्वीकार गरेका थिए । शुक्रबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भएको छलफलपछि बादल चुनाव लड्न राजी भएका छन् । उनी प्रधानमन्त्री निवास बालुवाटारबाट हेलिकप्टर चढेर सिधै मकवानपुरको हेटौंडा पुगेको स्रोतले बतायो ।

२०७४ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्रका तर्फबाट थापा यो क्षेत्रबाट निर्वाचित भएका थिए । पछि नेकपा एमालेमा प्रवेश गरेका थापाको सांसद पद गुमेकाले आगामी जेठ ६ गते उपनिर्वाचन हुन लागेको हो ।

उम्मेदवारी दर्ताको समय विहान १० बजेदेखि ४ बजेसम्म निर्धारण गरिएको छ । विपक्षी गठबन्धनले संघीयताविज्ञ डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?