Comments Add Comment

कोरोना संक्रमित बोक्न वडाध्यक्षले दिए निजी गाडी

वडाध्यक्ष सद्दाम सिद्दिकी मुसलमान ।

२४ वैशाख, बुटवल । दाङको गढवा गाउँपालिकाका एक वडा अध्यक्षले कोरोना संक्रमितलाई अस्पताल पुर्‍याउने प्रयोजनका लागि आफ्नो निजी गाडी उपलब्ध गराएका छन् ।

गढवा गाउँपालिका–८ का वडाध्यक्ष सद्दाम सिद्दिकी मुसलमानले आफ्नो निजी बोलेरो जिप एम्बुलेन्सका रूपमा प्रयोग गर्न वडा कार्यालयलाई निःशुल्क उपलब्ध गराएका हुन् ।

कोरोना संक्रमितले एम्बुलेन्स नपाएको अवस्था देखेर संक्रमितलाई अस्पताल पुर्‍याउन गाडी उपलब्ध गराउने निर्णय गरेको उनले बताए ।  २५ वर्षिय वडा अध्यक्ष सिद्दिकीले कोरोना संक्रमण अन्त्य नहुँदासम्म आफू मोटरसाइकलमा यात्रा गर्ने बताए ।

बिहीबार मात्रै रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर र उपमेयरले आफू चढ्दै आएको नगरपालिकाको दुई वटा स्कारपियो गाडी पनि संक्रमितलाई अस्पताल पुर्‍याउने प्रयोजनका लागि नगरपालिकालाई दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment