Comments Add Comment

ललितपुरमा कोरोना संक्रमितलाई निःशुल्क एम्बुलेन्स सेवा

२४ वैशाख, काठमाडौं । ललितपुरमा कोभिड-१९ का बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने भएको छ ।

जिल्लाभित्र सञ्चालित एम्बुलेन्स सेवा सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा शुक्रबार बसेको बैठकले सबै एम्बुलेन्सलाई यथाशिघ्र १०२ मा आवद्ध गर्न अनुरोध गर्ने र एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराउने निर्णय भएको ललितपुरका निमित्त प्रजिअ ललितकुमार बस्नेतले जानकारी दिए ।

कोभिड १९ को बढ्दो संक्रमणलाई मध्यनजर राखी एम्बुलेन्स सेवा सञ्चालन र परिचालन प्रभावकारी बनाउन १०२ मा आवद्ध गर्ने र कोभिड बिरामीका लागि १०२ नम्बरमा सम्पर्क गर्न अनुरोध गर्ने निर्णय भएको उनले बताए ।

जुन स्थानीय तहबाट बिरामी अस्पताल लगिएको हो सोही स्थानीय तहले एम्बुलेन्स खर्च बेहोर्ने व्यवस्था गर्ने र यसका लागि सम्बन्धित पालिका प्रमुखसँग छुट्टै छलफल गर्ने निर्णय भएको उनले बताए

ललितपुर जिल्लामा सञ्चालनमा रहेका एम्बुलेन्सलाई अनिवार्य रुपमा वैशाख मसान्तभित्र जीपीएस जडान गर्न लगाउने निर्णय भएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment