
नायिका वर्षा राउतलाई कोरोना पोजिटिभ देखिएको छ । नायिका राउतले सामाजिक संजालबाट नै यो कुराको जानकारी दिएकी छिन् । उनले, आफ्नो गन्ध हराएको र खोकी लागिरहेको उल्लेख गरेकी छिन् । आफू ठिक रहेको र अहिले सबै सुरक्षाको सावधानी अपनाउँदै घरमै आइसोलेसनमा रहेको पनि उल्लेख गरेकी छिन् ।
वर्षाले चाडै नै ठिक भएर काममा फर्किने अपेक्षा समेत गरेकी छिन् । उनले सबैलाई सुरक्षित रहन पनि आग्रह गरेकी छिन् । कोरोना महामारीको दोश्रो लहरले नेपाली चलचित्रका कलाकारलाई पनि छोएको छ ।
नायिका केकी अधिकारी कोरोना मुक्त भैसकेकी छिन् भने कलाकारहरु मदनकृष्ण श्रेष्ठ, प्रकाश सपुत, दिपक आचार्य, सरिता लामिछाने, शिल्पा मास्के, निर्देशक ऋषि लामिछाने लगायत कोरोना पोजिटिभ रिपोर्ट आएपछि घरमै आइसोलेसनमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4